प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरीमा केन्द्रीय अनुसन्धान ब्यूरो

संक्षीप्त पृष्ठभूमि

 

अपराध अनुसन्धानलाई नियमित र गतिशील प्रकृयाका रुपमा परिमार्जन गर्दै लानु पर्दछ । समाजको बिकासक्रमसँगै अपराध गर्ने तरिकामा नयाँ प्रविधिको प्रयोग, बिकास र बिस्तार हुदै जानु पनि नियमित प्रकृया नै हो । यसै सन्दर्भमा अपराधीहरुको अपराध गर्ने शैली र सञ्जालको बिस्तार तीव्ररुपमा भएका कारण अपराध अनुसन्धानको क्षेत्र चुनौतीपूर्ण बन्दै गएको छ । केही वर्षयताका अपराध घटनाहरुलाई विश्लेषण गर्ने हो भने अपराध संख्यात्मक रुपमा त बढेको छ नै, यससँगै घटित अपराधको अनुसन्धानमा बिभिन्न जटिलताहरु पनि थपिएका छन् ।

 

नेपाल प्रहरीले हालसम्म उपलब्ध साधन, श्रोत र जनशक्तिको सदुपयोग गर्दै अपराध अनुसन्धानको जिम्मेवारी सफल रुपमा नै बहन गर्दै आएको छ । तथापी बदलिदो परिप्रेक्षमा अनुसन्धान प्रणालीमा विद्यमान कतिपय कमजोरी र व्यवधानहरुले सिंगो संगठनको अनुसन्धान क्षमतालाई प्रभाव पारेको छ । अपराध रोकथाम तथा अनुसन्धानका क्षेत्रमा देखिएका चुनौती र जटीलताको सामना गर्न र प्रहरी व्यवसायिकता, उत्कृष्टता र उर्जाको सञ्चय र प्रयोग गर्ने सशक्त माध्यमको निर्माण गर्न वान्छनीय हुन गएको कुरा सर्वत्र महशुस भएको छ । बदलिँदो परिप्रेक्ष्य सँगै अपराध अनुसन्धानका प्रकृति एवं तरिकालाई पनि परिस्कृत गर्दै लैजानु पर्छ भन्ने सर्वब्यापी मान्यता अनुरुप नेपाल प्रहरीको मौजुदा अनुसन्धानात्मक स्वरुप, संयन्त्र र प्रणालीलाई पनि परिवर्तनको नियम अनुरुप परिमार्जन गर्दै लैजानु पर्दछ । व्यवसायिक उत्कृष्टताका लागि ब्यापक सम्भावनाहरुको खोजी र प्रयोगबाट मात्रै नयाँ चिन्तन र शैलीको स्थापना गर्न सकिन्छ । पुराना शैली र संयन्त्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गरिनु पर्दछ भन्ने मान्यताको उच्च मूल्यांकनका आधारमा नेपाल प्रहरीमा केन्द्रीय अनुसन्धान ब्यूरो सम्बन्धी अबधारणा  प्रयोगमा ल्याइएको हो । 

 

यसै पृष्ठभूमिमा नेपालको संविधान (२०७२) को भाग-४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत धारा ५० (१) मा नागरिकको जिउ धनको संरक्षण, मौलिक हक तथा मानव अधिकारका मुल्य र मान्यतामा न्यायपूर्ण व्यवस्था कायम गर्ने राज्यको प्रमुख उद्देश्य रहेको छ । प्रहरी ऐन २०१२ को प्रस्तावनामा “नेपाल प्रहरीलाई अपराध रोक्ने र पत्ता लगाउने सुयोग्य साधन बनाई शान्ति सुब्यवस्था कायम राख्न आवश्यक देखिएकोले नेपाल प्रहरी फोर्सको गठन गरिएको” कुरा उल्लेख छ । 

 

नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत अपराध, अराजकता र दण्डहीनतालाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई सुदृढ गर्ने, सुरक्षाकर्मीलाई जनउत्तरदायी, निष्पक्ष, ब्यवसायिक र दक्ष बनाइने कुरा प्रष्टरुपमा उल्लेख गरेको पाइन्छ । 

 

नेपाल प्रहरीमा केन्द्रीय अनुसन्धान ब्यूरो किन ?

 

  • अपराध अनुसन्धान क्षेत्रका कमि कमजोरी र चुनौतीहरुको समाधान र बैज्ञानिक ढंगले व्यवस्थापन गर्न गराउन ।
  • बदलिदो परिप्रेक्ष्य र आमनागरीकको भावनाअनुरुप प्रहरीको अनुसन्धानात्मक प्रणाली र संयन्त्रको स्थापना गर्न ।
  • परिवर्तित परिवेशअनुरुप नेपाल प्रहरीको ब्यवसायिक दक्षताको विकास र उर्जाको प्रयोग गर्न ।
  • अपराध र अपराधिक प्रवृत्तीलाई निरुत्साहित र नियन्त्रण गर्न भइरहेका प्रयासलाई संगठित र एकिकृत गर्न ।
  • नेपाल प्रहरीको अनुसन्धानात्मक कृयाशीलताको बिकास र रुपान्तरणका नियमहरुको पालना गर्न ।
  • नेपालको संविधान, प्रहरी ऐन, सरकारको नीति तथा कार्यक्रममा अभिब्यक्त सरकारको प्रतिवद्धता र धारणालाई साकार रुप दिन अन्तराष्ट्रिय मापदण्ड अनुरुप नेपाल प्रहरीको अपराध अनुसन्धानलाई आधानुनिक तथा वैज्ञानिक पद्धतिको विकास गर्न ।  
  • अपराध रोक्ने, अपराधी पत्ता लगाउने सम्बन्धमा अन्य मुलुकसँग अपराध नियन्त्रणका क्षेत्रमा सहज समन्वय कायम गर्न ।
  • प्रहरी सेवालाई विशिष्टीकरण र ब्यवसायिकीकरण गरी प्रहरी सेवाको प्रभावकारीतालाई नियमित र ब्यवस्थित गर्न ।
  • अपराध र अपराधीक गतिविधिलाई निरुत्साहित र नियन्त्रण गरी कानूनी राज्यको मूलभूत अवधारणालाई ब्यवहारिकरुपमा लागु गर्न ।
  • नेपालको संविधानले सुनिश्चित गरेको नागरिकको मौलिक हकको संरक्षण र प्रबर्धन गर्ने वातावरण सृजना गर्न ।

 

केन्द्रीय अनुसन्धान ब्युरोका घोषित मान्यता:

 

हाम्रो अभिव्यक्ति (Our Motto): “ विश्वसनियता, निष्पक्षता र साहस ”   "Credibility, Impartiality and Bravery  "

 

अनुष्ठान (Mission): जटील र गहन प्रकृतिका फौज्दारी अपराधको प्रभावकारी अनुसन्धान गरी प्रचलित नेपाल कानूनको पालना, संरक्षण र सम्बर्द्धनमा योगदान पुर्‍याउँदै सभ्य र समृद्द समाजको सृजना गर्नु यस ब्यूरोको अनुष्ठान हुनेछ ।  

 

हाम्रो प्राथमिकता क्षेत्र (Priorities):

 

  • जटिल र गहन प्रकृतिका अपराधका साथ–साथै आम सरोकारका घटनाहरुको अनुसन्धान गर्ने, 
  • मानव अधिकार उल्लंघन तथा विशेष अपराधहरुको प्रभावकारी अनुसन्धान गर्ने,
  • गम्भीर प्रकृतिका अपराधहरुमा संलग्न संगठित अपराधीहरुको पहिचान गर्ने र सजायहीनता (Impunity) लाई निरुत्साहित पार्ने,
  • अनुचित प्रलोभन, अव्यावसायिक प्रभाव, दवाव एवं कार्यहीन (Functionless)  अवस्थाबाट अनुसन्धानलाई सुरक्षित राख्ने,
  • अनुसन्धानको संस्थागत क्षमता (Institutional Capability) र विज्ञान तथा प्राविधिक क्षमता (Technological Capability) को अभिवृद्धि गर्ने ।