• दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको खाग सहित पक्राउ परेका अभियुक्तहरु

    दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको खाग सहित पक्राउ परेका अभियुक्तहरु

  • बरामद दुर्लभ वन्यजन्तु चिरुको रौं निरीक्षण गर्नुहुँदै माननिय वन तथा भू-संरक्षण मन्त्री यदुवंश झा

    बरामद दुर्लभ वन्यजन्तु चिरुको रौं निरीक्षण गर्नुहुँदै मा. वन तथा भू-संरक्षण मन्त्री यदुवंश झा

  • Picture 10

    केन्द्रिय अनुसन्धान ब्युरो द्धारा जफत गरिएका अबैध VOIP का उपकरणहरु

  • ITLaw

    Computer Association of Nepal (CAN) का अध्यक्षज्यूलाई मायाको चिनो प्रदान गर्नु हुदै के.अ. ब्युरोका निर्देशक

नेपाल प्रहरीमा केन्द्रीय अनुसन्धान ब्यूरो

संक्षीप्त पृष्ठभूमि

अपराध अनुसन्धानलाई नियमित र गतिशील प्रकृयाका रुपमा परिमार्जन गर्दै लानु पर्दछ । समाजको बिकासक्रमसँगै अपराध गर्ने तरिकामा नयाँ प्रविधिको प्रयोग, बिकास र बिस्तार हुदै जानु पनि नियमित प्रकृया नै हो । यसै सन्दर्भमा अपराधीहरुको अपराध गर्ने शैली र सञ्जालको बिस्तार तीव्ररुपमा भएका कारण अपराध अनुसन्धानको क्षेत्र चुनौतीपूर्ण बन्दै गएको छ । केही वर्षयताका अपराध घटनाहरुलाई  बिश्लेनषण गर्ने हो भने अपराध संख्यात्मक रुपमा त बढेको छ नै, यससँगै घटित अपराधको अनुसन्धानमा बिभिन्न जटिलताहरु पनि थपिएका छन् ।

नेपाल प्रहरीले हालसम्म उपलब्ध साधन, श्रोत र जनशक्तिको सदुपयोग गर्दै अपराध अनुसन्धानको जिम्मेवारी सफल रुपमा नै बहन गर्दै आएको छ ।  तथापी वदलिदो परिप्रेक्षमा अनुसन्धान प्रणालीमा विद्यमान कतिपय कमजोरी र व्यवधानहरुले सिंगो संगठनको अनुसन्धान क्षमतालाई प्रभाव पारेको छ । अपराध रोकथाम तथा अनुसन्धानका क्षेत्रमा देखिएका चुनौती र जटीलताको सामना गर्न र प्रहरी व्यवसायिकता, उत्कृष्टता र उर्जाको सञ्चय र प्रयोग गर्ने सशक्त माध्यमको निर्माण गर्न वान्छनीय हुन गएको कुरा सर्वत्र महशुस भएको छ । बदलिंदो परिप्रेक्ष्यमा विगतलाई यथावत रुपमा कायम राख्न सकिन्न र राखिनु हुन्न भन्ने सर्वब्यापी मान्यता अनुरुप नेपाल प्रहरीको मौजुदा अनसन्धानात्मक स्वरुप, संयन्त्र र प्रणाली लाई पनि परिबर्तनको नियम अनरुप परिमार्जन गर्दै लैजानु पर्दछ । व्यवसायिक उत्कृष्टताका लागि ब्यापक सम्भावनाहरुको खोजी र प्रयोगबाट मात्रै नयाँ चिन्तन र शैलीको स्थापना गर्न सकिन्छ । पुराना शैली र संयन्त्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गरिनु पर्दछ भन्ने मान्यताको उच्च मूल्यांकनका आधारमा नेपाल प्रहरीमा केन्द्रीय अनुसन्धान ब्यूरो सम्बन्धी अबधारणा  प्रयोगमा ल्याइएको हो । 

Press Releases

Other Articles