सरकारी छाप दस्तखत किर्ते र ठगी (2068-05-28)

जि.प्र.का. मकवानपुरको सि.नं. २१५२ नं. को संचार सम्वन्धमा मकवानपुर जिल्ला अन्तर्गत शैलेन्द्र कुमार बिष्ट समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रेम बहादुर दाहाल समेत भएको सरकारी छाप दस्तखत किर्ते र ठगी समेत मुद्दाका फरारहरुको खोजी गर्ने क्रममा लमजुङ, करापु ४ बस्ने भद्रकाली गुरुङको काठमाण्डौ, लाजिम्पाट स्थित ०-४-० जग्गा गोकर्ण ढुङगानालाई प्रयोग गरी भरत थापाको नाममा नक्कली नागरिकता बनाई मालपोत कार्यालय, लमजुङबाट रजिष्ट्रेशन पारित गरी मालपोत कार्यालय, डिल्लीबजार काठमाण्डौबाट दाखिला खारेज गर्न खोजेको अवस्थामा पुष्पराज शाह, शिशिर रंजितकार, गोकर्ण ढुंगाना र राजन थामीसमते ४ जनालाई पक्राउ गरीएकोमा सो घटनामा संलग्न अन्य तीन जना मोहन भन्ने शिव अधिकारी, अशोक लामा भन्ने जित बहादुर लामा र काल्साङ शेर्पा भन्ने पुष्पराज सुनुवारलाई मिति २०६८/०५/२० गते पक्राउ गरिएको । सोही अपराधको अनुसन्धान गर्ने क्रममा फरार रहेका अन्य अभियुक्तहरु मध्ये  भोला कार्कीलाई Operation Hunt II अन्तर्गत यस ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले मिति २०६८/०५/२८ गते बाट पक्राउ गर्न सफल भएको छ ।

शिशिर रञ्जितकारले हाईड्रो पावरमा लगानी गर्नको लागि जग्गा धनीहरु सम्बन्धित स्थानमा नबसी अन्यत्रै जिल्लामा बसोबास गरेको जानकारीबाट विभिन्न मानिसहरुको जग्गा धनी प्रमाण पुर्जाको फोटोकपीको आधारमा सम्बन्धित जग्गाधनीको जानकारी बेगर नक्कली पुर्जा आफैंले तयार गरी, अर्को अमुक ब्यक्तिको नक्कली नेपाली नागरिकताको प्रमाण पत्र पनि तयार गरी सो को आधारमा बेजिल्लाको मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरी सम्वन्धित जिल्लाबाट दाखिला खारेज गर्ने र सो जग्गाको जग्गा धनी प्रमाण पत्र सक्कली बनाई, सोही जग्गा धनी प्रमाण पुर्जा बैंक तथा फाईनान्सहरूमा धितो राखी ऋण लिई बैंकहरुलाई समेत ठगी गर्ने समेत गर्ने गरेको । हालसम्मको अनुसन्धानबाट निजहरूले गरेको ठगी तथा किर्ते कार्य निम्नानुसार खुल्न आएको ।

  • मकवानपुर, हेटौडा न.पा. ४ मा रहेको शैलेन्द्र बिष्टको नाममा रहेको कित्ता नं. १०२८ को ०-७-५ जग्गाको नक्कली पूर्जा बनाई २,२०,००,०००/- बराबरको विभिन्न बैंकबाट रकम समेत निकाली सकेको ।
  • नवलपरासी, गैडाकोट २ को देवी प्रसाद रेग्मीको नामको १९ कट्ठा जग्गा मालपोत कार्यालय, डिल्लीबजारबाट रजिष्ट्रेशन पास गरी नवलपरासीबाट दाखिला खारेज गरेको ।
  • हेटौडा ५, मकवानपुरको कि.नं. १५३२ को १-०-५-० जग्गा समेतको नक्कली लिखत तयार पारेको ।
  • करापु ४ बस्ने भद्रकाली गुरुङको काठमाण्डौ, लाजिम्पाट स्थित ०-४-० जग्गा गोकर्ण ढुङगाना ढुङगानालाई प्रयोग गरी भरत थापाको नाममा नक्कली नागरिकता बनाई मालपोत कार्यालय, लमजुङबाट रजिष्ट्रेशन पारित गरी मालपोत कार्यालय, डिल्लीबजार काठमाण्डौबाट दाखिला खारेज गर्न खोजेको अवस्थामा नगद रु.२,९२,०००/- समेत फेला परेको ।
  • विभिन्न ब्यक्तिका नाममा नक्कली नागरिकता बनाएका र बनाउन प्रयोग गरिएका कार्ड ११ थान, जग्गा धनि प्रमाण पत्र थान ४, श्रेष्ता दर्ता फारम र विभिन्न ब्यक्तिहरुका जग्गा धनि प्रमाण पत्रहरुको फोटोकपीहरु र उल्लेखित काजगाजहरू बनाइन प्रयोगमा आउने सरकारी कार्यालय र कर्मचारीहरुका रबर छाप ९ थान समेत फेला परेको ।

पक्राउ परेका अभियुक्तको विवरण:

         नाम        : भोला कार्की

         वतन       : जिल्ला भोजपुर, देउराली गा.वि.स. वडा नं. ४

         अस्थायी    : भक्तपुर, बाल्कोट ९

         उमेर       : ४८ बर्ष

         पक्राउ मिति: २०६८/०५/२८

मिति: २०६८/०५/२८ गते ।